कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक वली डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १६ गते आइतवार

तुलसीपुर  :   कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वली आइतवार कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशीका अनुसार उनी १४ दिनसम्म अस्पतालको आइसोलेशनमा बसेका थिए । कोरोना अस्पताल स्थापनादेखि उपचार र व्यवस्थापनमा खटिदै आएका वलीलाई कामकै शिलशिलामा कोरोना संक्रमण भएको थियो । उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले विदाई गरेका थिए । स्वास्थ्य मन्त्रालयको निर्देशीकामा १० देखि १४ दिन भित्र कोरोना भाइरस स्वत निश्कृय हुने भएकाले पिसीआर गर्नु नपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार