दाङ र बाँकेको सिमानामा ३ केजी अफिम सहित १ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १६ गते आइतवार


दाङ : दाङ र बाँकेको सिमानामा लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम सानिभेरी गाउँपालिका ८ निवासी २७ बर्षीय चन्द्र प्रकाश वली रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण व्युरो नेपालगन्जबाट खटिएको सयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्ती सोनारी गाउँपालिका १ शिवखोला स्थित शंकास्पद रुपमा बसीरहेका अवस्थामा फेला पारी उनको झोलामा चेकजाँच गर्दा ३ केजी लागु औषध (अफिम) बरामद गरेको प्रहरीले बताएको छ । पक्राउ परेका वली माथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार