घोराही सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्न नयाँ भाडादर कायम

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १६ गते आइतवार

दाङ : घोराही सिमेन्ट उद्योगका लागि तापाबाट चुनढुंगा ढुवानी गर्न नयाँ भाडादर कायम गरिएको छ । सिमेन्ट उद्योग र स्वर्गद्धारी टिप्पर यातायात प्राली विच आज भएको छलफलबाट प्रतिटन ५ सय १५ रुपैयाँ कायम गर्ने सहमती भएको हो । उद्योगका बरिष्ठ जनसम्पर्क अधिकृत अमर सुबेदीले नयाँ ढुवानीको भाडादरको पत्र स्वर्गद्धारी टिप्पर यातायात प्रालीका अध्यक्ष भरतनाथ योगीलाई हस्तान्तरण गरे ।

टिप्परले यस अघि ५ सय २५ रुपैयाँ प्रति टनमा चुनढुंगा बोक्दै आएका थिए ।  यसका साथै व्यवसायीहरुले अब देखी आफ्नै ढुवानी सेवा मार्फत टिप्पर सञ्चालनमा ल्याउने भएका छन् । यस अघि अन्य ढुवानी सेवा मार्फत सञ्चालन हुदा बाहिर जाने रकम अब आफ्नै ढुवानी सेवामा जम्मा हुने छ । प्रालीमा आबद्ध करिब २ सय टिप्परले चुनढुंगा बोक्दै आएका छन् । उद्योगले ढुवानी भाडा घटाउने निर्णय गरेपछि टिप्पर व्यवसायीहरुले गएको असोज १६ गते देखी टिप्पर रोकेका थिए ।

अर्को तर्फ यस विचमा घोराही तापा सडक खण्ड कालोपत्रे हुन लागेपछि बंगलाचुली गाउँपालिकाले तीन महिना टिप्पर सञ्चालनमा रोक लगाएको छ । तर काममा अबरोध नहुने गरी टिप्पर सञ्चालनको बाताबरण बनाउने गरि गाउँपालिका सँग छलफल गर्ने प्रालिका अध्यक्ष भरतनाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार