दाङमा आइतवार १ सय ५ जना कोरोना मुक्त भए

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १६ गते आइतवार

दाङ :  दाङमा आइतवार १ सय ५ जना कोरोना मुक्त भएका छन् । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भइ घरकै आइसोलेशनमा बसेका ९९ जना र कोरोना बिषेश अस्पताल देउखुरीमा रहेका मध्य ६ जना गरी १ सय ५ जना संक्रमित कोरोना मुक्त भएका हुन् ।  स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्मकै धेरै संक्रमण मुक्त भएपछि सकृय संक्रमितको संख्या ४ सय ४७ मा झरेको छ ।

सकृय संक्रमितहरु मध्य अहिले ३ सय ९४ जना घरकै छुट्टै कोठामा बसेका छन्, भने देउखुरीमा १६ जना, बेलझुण्डमिा १८ जना, भेरी अस्पताल नेपालगञ्जमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना र बुटबलमा ४ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

दाङमा अहिले सम्म २ हजार १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैबिच कोरोना बिषेश अस्पताल बेलझुण्डिको आइसीयुमा ४ जना संक्रमतिको उपचार भैरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार