अहिले देशमा आवश्यकता परिर्वतन नभइ स्थायित्व : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३० गते आइतवार

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले देशमा आवश्यकता परिर्वतन नभइ स्थायित्व भएको बताए । आइतबार दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ९÷१०महिनामा सरकार फेर्न बानी लागेका नेताहरुलाई अहिले सरकार फेर्न मन लागेको समेत बताए ।

\उनले सरकार फेरपछि केही पाइन्छ, की भने सरकार फेर्न लागेको उनको भनाइ थियो । त्यस्तै उनले सरकार बदल्ने जनताको हितसंगको कुरा नभएको बताए । ‘ यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसंगको कुरा हो । नत राष्ट्रको हितसंगको कुरा,’ उनले भने ,‘ अहिलेको आवश्यकता भनेको राजनितिक स्थायित्वको आवश्यकता हो । देशमा विकास र समृद्धिकोे योजनावद्ध पहलको आवश्यकता हो ।’ त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ बर्षमा धेरै प्रगित भएको भन्दै राम्रो गरिरहेको अवस्थामा यो पनि भएन, त्यो पनि भएन,भन्ने कुराले अस्थिरतामा खेल्न चाहानेहरुको खेल भएको उनले आरोप लगाए ।

‘ नेपाली जतना स्थायित्वको पक्षमा छन् । अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन् । अझ धेरै राम्रो गर्नु पर्ने छ । त्यसको लागी सबै साझेदार बन्नु पर्दछ,’ उनले भने ,‘ देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगरौँ । सबै ठाउँका जनताहरुले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुन्छ ।’

२४ लाख १६ हजार रुपैयामा फाइबरबाट निर्माण गरिएको बुद्धको मूर्ति १७ फिट अग्लो रहेको छ । मूर्ति निर्माणका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगबाट मुर्ति निर्माण गरिएको शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए ।

दक्षिण एशियाको ठुलो पार्कको रुपमा दावी गरिएको भनिएको राप्ती शान्ति उद्यान गणेशपुरलाई शान्तिको सन्देश दिने स्थलको रुपमा विकास गरिएको हो । राप्ती शान्ति उद्यान र त्यसमा शान्तिका प्रबद्र्धक गौतम बुद्धको शालिक राखि यहाँबाट शान्तिको बिगुल फुकिने अपेक्षा गरिएको छ ।
२०५२ सालदेखि शुरु भएको तत्कालिन द्धन्द्ध कालको उद्गमको रुपमा रहेको साबिक राप्ती अञ्चलका रोल्पा,रुकुम,सल्यान,दाङ र प्यूठान भएकाले शान्तिको सन्देश दिन राप्ती शान्ति उद्यान निर्माण गरिएको हो । अहिले दैनिक एक हजार जति आन्तरिक पर्यटकहरु पार्कमा आउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार