दाङका लोकेन्द्रलाई सयपत्री फुल तथा माला पु¥याउँन धौँ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३० गते आइतवार

दाङ : दाङको घोराही उपमहानगरपालिका १४ झिंगौरा केही जलजला पुष्प खेती तथा नर्सरी फर्म दर्ता गरी केही बर्षदेखी ब्यवसायी रुपमा पुष्पपखेति गर्दै आएका लोकेन्द्र रोकाले सयपत्री फुल तथा माला पु¥याउँन सकेका छैन् । सोमवार अर्थात् भाई टिकाको दिन मंसीर १ गते हुदाँ उनलाई अहिले विभिन्न जिल्लाबाट फुलको माग भइ आएको छ ।

गतबर्ष भन्दा यसबर्ष धेरै माग हुदाँ फुल पु¥याउँन नै धौँ भएको उनले बताए । करिब १ विगाहमा फुल खेति गरेका रोकाले यस पटक विभिन्न ठाउँमा फुलको माग भइ आएको भएता पनि उत्पादन कमी हुदाँ बाहिर पठाउँन नसेको बताए । अहिले धेरै ठाउँमा फुलखेति नगरेको र गरेको ठाउँमा पनि दशैको समयमा फुल फुल्दाँ अहिले धेरै ठाउँबाट माग भइ आएको उनले बताए ।

‘ मैले दशैँ र तिहारको लागी फुलहरु रोपेको थिए,’उनले भने ,‘ तिहारको लागी रोपेको फुल पनि करिब २० प्रतिशत मात्र फुल्यो । त्यसले गर्दा पनि बाहिर पठाउँन सकेको छैन् । अहिले भारतबाट पनि फुल नआएको अवस्थामा र गाउँ घरमा लगाएको फुलहरु पनि दशैको समयमा फुल्दाँ पनि धेरै माग आएको छ । ’

त्यस्ते लकडाउनका कारणले गदाए पनि आफुले धेरै फुलखेति नगरेको समेत उनले बताए । गत चैतमा भएको लकडाउनका कारण त्यति बेला फुलहरु नबिक्दाँ भोट मै सुकेर धेरै घाटाँ लागेको थियो । अहिले पनि अवस्था कस्तो हुने हो ? त्यहि सोचेर धेरैमा खेति नगरेको उनको भनाइ छ । जिल्ला यस पटक आफुले मात्र तिहारको लागी फुलखेति गरेको उनले बताए । ‘ गत बर्ष तुलसीपुर १३ फुलबारीमा समेत फुलखेति हुदाँ जिल्लामा फुल पुगेको अवस्था थियो ।

तर यस बर्ष तिहार ढिला हुदाँ पनि लोकल फुलहरु सुक्दाँ धेरै माग बढेको हो,’उनले भने । अहिले आफुले १५ सय माला उत्पादन गरेको र त्यो मध्य ५ सय बुटवल र नेपालगंज पठाएको समेत उनले बताए । अहिले जिल्लाको लागी १ हजार माला छन् । ति मालाहरु तुलसीपुर र घोराहीबाट विक्री गर्दै आएको समेत उनले बताए । ‘ एउटा मालाको मुल्य एक सय देखी ढेड सय सम्म छ । यो फुल भारतबाट ल्याएर रोपेको हुदाँ १५ दिन सम्म पनि माला बनाएर राख्दा केही हुदैन्,’ उनले भने । त्यस्तै राम्रोसंग फुलहरु उत्पादन भएमा एक सिजनमा २÷३ लाख सम्म आम्दानी गर्न सकीने रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार