गायक तथा सर्जक महतले ल्याए,पन्चेबाजाकोसेली“चोखोमाया संगै लाउला”

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २७ गते बिहिवार


मोहन न्यौपाने
तिलोत्तमा  :  चौतारी फिल्मस् को प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउला बोलको गीत सार्बजनिक भएको छ । कोरोना कहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्। पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमला पोख्रेलसंग सुमधुर आवाज दिएका गायक तथा सर्जक महतले पन्चे बाजाको कोसेली दर्शक सामु युट्युब मार्फत पस्केका हुन्।

बुटवलको स्पान होटलमा सम्पन्न एक कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका निबर्तमान अध्यक्ष दिपक गरौचा मगरले प्रोजेक्टर अन गरि भिडियो प्ले गरेर बिमोचन गर्नु गरे । प्रमुख अतिति समेत रहेका गरौचाले लोक संगीतको क्षेत्रमा एउटा सर्जकले इट्टा थप्ने काम गरेकोमा धन्यबाद दिदै गीत एकदमै राम्रो बनेको र दर्शकको माया छिट्टै पाउनेमा आफु ढुक्क रहेको बताए ।

गायक तथा सर्जक महतकै लय तथा शब्द रहेको सो गीतलाई जुजु गुरुङले एरेन्ज गरेका छन् । बुटवलदेखि पश्चिमको एक रमणिय स्थानमा छायांकन गरिएको एक सच्चा प्रेमी–प्रेमिकाको बेदना भरिएको सो गीतलाई प्रदिप ज्ञवालीले कोरियो ग्राफी गरेका छन्, भने छायांकन तथा सम्पादन र दृश्यनिर्माण एसआर मुभिजका शोभाखर पन्थले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार