तुलसीपुर र घोराहीका विद्यालय आइतवारदेखी संचालन हुदै

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १५ गते शनिवार

तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिकाले सिकाई केन्द्र मार्फत विद्यार्थी सिकाई सहजीकरणका क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेको छ । विद्यालय संचालनको पूर्व सन्ध्यामा तुलसीपुर उपमहागनरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरेर संस्थागत तथा सामुदायिक विद्यालयहरुले बनाएको सिकाई सहजीकरण कार्य योजना अनुरुप सिकाईलाई निरन्तरता दिन आग्रह गरेको हो । दशै अघि विदा भएका विद्यालयहरु भोलीदेखि खुल्दैछन् ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर राज गौतमद्धारा जारी विज्ञप्तीमा सिकाईका क्रममा सवारी साधन संचालनमा ल्याएको बुझीएकाले त्यस्तो कार्य नगर्न समेत अनुरोध गरिएको छ । कोभिड –१९ लाई मध्यनजर गर्दै विद्यालयले सिकाई सहजीकरण कार्य योजना बनाएका छन् ।

सिकाई कार्ययोजनामा स्वास्थ्यको सबै मापदण्ड पुरा गर्नुपर्ने, सेनीटाइजर राख्नुपर्ने, विद्यार्थीलाई सवारी साधनमा ओसार पसार गर्न नपाईने, एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी राख्न नपाईने, धेरै विद्यार्थी भएको क्षेत्रमा गएर शिक्षकले खुल्ला पढाउनु पर्ने व्यवस्था छ । त्यस्तै कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बन्द भएका घोराहीका विद्यालयहरु कार्तिक १६ गते आइतवारदेखि खुल्ने भएका छन् ।

जिल्लामा कोरोना संक्रमितसँगै मृत्युको संख्यासमेत बढ्न थालेपछि घोराही उपमहानगरपालिकाले असोजको २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

घोराही उपमहानगरपालिका शिक्षा समितिको पहिलेकै निर्णय अनुसार कार्तिक १६ गते आइतवारदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आउने घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले गोरक्षलाई जानकारी दिएका छन् ।

उनले सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयहरु सञ्चालन गर्न सक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार