बबई गाउँपालिकाका आइतबारदेखि विद्यालय खुल्ने

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १४ गते शुक्रवार

 दाङ :  दाङको बबई गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले असोज २४ गतेदेखि अनिश्चितकालका लागि य बन्द गरेको शिक्षण सिकाई क्रियाकलाप यही १६ गते आइतबारदेखि सञ्चालन हुने शिक्षा शाखाले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलप सञ्चालन गर्न गाउँपालिका अन्र्तगत पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ ।  गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि गत असोज २४ गते देखी विद्यालयहरु बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार