लुम्बिनी प्रदेशसभा सञ्चालनका लागि भौतिक पूर्वाधारको अनुगमन

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १४ गते शुक्रवार


दाङ : लुम्बिनी प्रदेशको आउदो हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ । लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । प्रदेश सरकार र प्रदेशसभाद्धारा सयुक्त रुपमा तयारी सुरु गरिएको छ । स्थायी राजधानीमा हिउदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रवार प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी लगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गरे।


स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो । शुक्रबार प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

यसअघि प्रदेश पूर्वाधार बिकास प्राधिकरणको टोलीले भने स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिएको छ साथै प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्धारा पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरिएको छ ।  सभामुख पूर्णबहादुर घर्ती, उप–सभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसी लगायतको टोलीले प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरि सरोकारवालासंग छलफल समेत गरे ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी , गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमही नगरपालिका प्रमुख कुल बहादुर केसी लगायतका जनप्रतिनिधि, , मालपोत , नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरुसंग छलफल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार