युट्यव ट्रेडिङको शीर्ष स्थानमा साहिमाको ‘ओक्कल दोक्कल’

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १४ गते शुक्रवार

काठमाडौं :  चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको स्वर रहेको डान्सिङ गीत ‘ओक्कल दोक्कल’ले युट्यवको शीर्ष स्थान ओगट्न सफल भएको छ ।  केही दिन पहिले सार्वजनिक गीतले विहिबारबाट युट्युव ट्रेडिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।गायिका श्रेष्ठले बालापनको यादलाई ताजा गराउँदै दशैं कोसेली स्वरुप यो गीत सार्वजनिक गरेकी थिइन् ।

गीतमा गायक सन्दिप न्यौपानेको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको छ । गीतको भिडियो भने जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ । पवन सुसलिङको छायाँकन रहेको भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

रातो पाटीबाट 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार