तुलसीपुरमा विहीवार थप १४ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार

 

तुलसीपुर :  तुलसीपुरमा विहीवार स्वास्थ्यकर्मी सहित थप १४ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा तुलसीपुरका १ जना स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमित हुनेमा तुलसीपुर वडा नं. १ का १ जना पुरुष, वडा नं. ५ का २ जना पुरुष, वडा नं. ६ का ४ जना पुरुष, वडा नं. ७ की १ जना महिला, वडा नं. ९ की १ जना महिला, वडा नं. ११ का १ जना पुरुष, वडा नं.१२ का १ जना पुरुष, वडा नं. १५ का १ जना पुरुष , वडा नं.१७ की १ जना महिला र वडा नं. १९ का १ जना पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

त्यस्तै असोज २३ देखी ३० गते सम्म पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएका र १४ देखी आइसोलेसनमा बसी कुनै पनि लक्षण नदेखिएका जनप्रतिनिधी, कार्यालयका कर्मचारी तथा अन्य ब्यक्ति गरी आज ८४ जना डिस्चार्ज भएको समेत उनले जानकारी दिए । हाल सम्म उपमहानगरमा ४७६ पुगेको छ, भने सक्रिय संक्रमितको संख्या १०४ जना रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार