• २०७७ मङ्सिर ९ गते मङ्गलवार

बालबिबाह बिरुद्ध प्रहरी सक्रिय हुदै

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार

दाङ :  लुम्बिनी प्रदेश प्रहरीले लुम्बिनी प्रदेशमा बाल विवाह विरुद्धको १५ दिने अभियान शुरु गरेको छ । बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि २८ गतेसम्म अभियान संचालन गरिन ल्ुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । १ हजार २ सय ३१ वटा जनचेतना मुलुक कार्यक्रम गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार वैदवारले जानकारी दिए । त्यसका लागि स्थानीय सरकार र बिभिन्न संघ संस्थाहरुसँग समन्वय गरिने समेत उनले बताए । साथै अभियानलाई सफल बनाउन प्रहरी कार्यालय अगाडी, टोल टोल तथा बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने समेत उनले बताए ।

त्यस्तै, डिउटीमा खटिएका प्रहरीले नागरिकहरुलाई प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गर्ने,विभिन्न संचार माध्यामबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम गरिने प्रवक्ता वैदवारले जानकारी दिए । नेपालको कानूनमा बिहेबारी सम्बन्धि महलमा २० बर्ष नपुगि गरिने बिहेलाई बाल विवाह भन्ने गरेको छ । यस्तो बिहे गैरकानून हुने ब्यबस्था छ । अशिक्षा,बेरोजगार,गरिबी,दाइजो,विभेद् र माया प्रेमका कारण बाल विवाह हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार