प्रतिष्ठानले नेत्र विशेषज्ञ सेवा बिस्तार गर्दै

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार


दाङ  :  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा आँखाको सेवा बिस्तारका बारेमा प्रतिष्ठानकी उपकुलपती प्रा.डा संगीता भण्डारी सहितका पदाधीकारीले नेपाल नेत्र ज्योती संघका पदाधीकारी र सदस्य बिचमा छलफल सम्पन्न भएको छ । आँखाको उपचारको लागि सेवा बिस्तार गर्ने उदेश्यले उपकुलपती भण्डारी कै अगुवाइमा छलफल भएको हो । आँखा रोगको सामान्य उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता अन्त्य गर्नका निमित्त प्रतिष्ठानबाट आँखाको विशेषज्ञ सेवा दिने तयारी सुरु भएको छ । आँखाको सेवा बिस्तारका लागि आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतलाई प्रतिष्ठानमा आँखाको डिपार्टमेन्ट अघि बढाउने गरि सम्पुर्ण सम्भाब्यता अध्ययन गर्ने गरि जिम्मेवारी प्रतिष्ठानले दिएको छ ।

यसअघि साबीक राप्ती उपक्षेत्रिय अस्पताल हुदाँ नेपाल नेत्र ज्योती संघसंग सहकार्य गरेर आँखामा समस्या आएपछि त्यसको प्रारम्भिक उपचार हुने गरेकोमा अहिले आँखाको सेवा बिस्तार गर्ने क्रममा प्रतिष्ठान भएपछि आँखाकै सर्जनको ब्यबस्था गरेर विशेषज्ञ सेवा दिने प्रबन्ध मिलाउने तयारी भइरहेको छ । विशेषज्ञ सेवा सुरु भएमा आँखाको सामान्यदेखि जटिल प्रकारका शल्यकृया प्रतिष्ठानमा हुने छ । छलफलमा उपकुलपती भण्डारीले मेडिकल कलेजको तयारी भइरहेकै कारण सो योजना अनुसार नै आखाको सेवा बिस्तारको तयारी भइरहेको बताइन् ।

सेवा बिस्तारका लागि सबै तयारी अघि बढाउन पनि उनले प्रतिष्ठान मातहतका कर्मचारी लाई निर्देशन दिइन् । साथै उनले लामो समयदेखि अस्पतालमा आखाको उपचारका लागि सहयोग गर्दै आएको नेत्र ज्योती संघलाई प्रतिष्ठानको आँखाको सेवा बिस्तारका लागि योजना सहित आएमा प्रतिष्ठानले प्राबिधीक सहयोग सबै गर्न तयार रहेको भन्दै यदि संस्थाले त्यो काम गर्न नसक्ने भएमा प्रतिष्ठानले आफै पनि आँखाको सेवा बिस्तारका लागि पहल गर्ने बताइन् ।

छलफलमा नेत्र ज्योती संघका अध्यक्ष कृष्ण कुमार गिरीले आँखाको सेवा बिस्तार गर्ने प्रतिष्ठानको योजना राम्रो भएको भन्दै संस्थाले आफै गर्ने वा प्रतिष्ठानलाई सहयोग गरेर जाने बिषयमा सस्थामा छलफल गरेर मात्रै धारणा तय हुने बताए । छलफलमा संघको तर्फबाट सुरेन्द्र खड्का, किरण कुमार रेग्मी सहभागी रहेको थियो, भने प्रतिष्ठानको तर्फबाट उपकुलपती भण्डारी सहित डिन बसन्त लामीछाने, आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतको उपस्थिती रहेको थियो ।

सो अवसरमा डिन लामिछानेसहित आँखा रोग विशेषज्ञ सर्जन बस्नेतको टोलि अहिले भइरहेको आँखाको सेवा बारेमा स्थलगत अबलोकन गरेको थियो । नेत्र विशेषज्ञ सर्जन बस्नेतले आफु किष्ट मेडिकल कलेजमा कार्यरत रहेको र आखाको सेबा बिस्तारको सम्भाब्यता अध्ययन गर्न प्रतिष्ठानमा आएको बताइन् । उनले शुरुमा पुर्बाधार बलियो बनाएर लैजानु पर्ने आबश्यक्ता रहेको भन्दै सबै सम्भाब्यता अध्ययन गरेर छिट्टै अस्पतालमा ओपिडि र ओटिको आबश्यक पुर्बाधार निर्माण गरेर नेत्र विशेषज्ञ सेवा दिन सकिने बताइन् । उनले नेत्र विशेषज्ञ सेवा बिस्तारसंगै निकट भबिष्यमा आँखाकै एम.बिबि.एस र पोष्टग्रयाजुएडको आबश्यक सबैको अध्ययन पनि गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार