• २०७७ मङ्सिर ९ गते मङ्गलवार

बिहीबार सुनचाँदीको भाउ ओरालो लाग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार

काठमाडौं :  बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा ५० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार