• २०७७ मङ्सिर ९ गते मङ्गलवार

बाँकेमा करिब साढे २९ लाख बढि रकम सहित १० जना जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार


बाँके  : बाँकेमा करिब साढे २९ लाख बढि रकम सहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको स्थानमा छापा मारेर प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको हो । बुधवार राति करिब साढे ८ बजेतिर नेपालगंज उप महानगरपालिका  ४ बसपार्क स्थित कृष्ण प्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रकम सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज ४ निवासी सन्तोष थापा, वडा नं. ६ निवासी मेघनाथ कुचबन्दिया, वडा नं. ४ निवासी नविन घिमिरे, वडा नं.१० निवासी टोप बहादुर शाही रहेको प्रहरीले जनाएको छ । त्यस्तै नेपालगंज वडा नं. ४ निवासी पब्लु भण्डारी सोहप्ी ठाउँका तरुण गौतम, वडा नं.७ निवासी रविन राणा, वडा नं. ४ निवासी सन्तोष वली सोही ठाउँका कृष्ण बहादुर सुवेदी र वडा नं.१ निवासी रहमान मियाँ रहेको जिप्रका बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार