• २०७७ मङ्सिर ९ गते मङ्गलवार

दाङमा मोटरसाइकलको ठक्करबाट पैलदयात्रीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १३ गते बिहिवार

दाङ :  दाङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका २ दोलही निवासी ७५ बर्षीय भरथारी चौधरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । बुधवार दिउँसो ४ बजेतिर लमही नगरपालिका १ नर्तिमा भे १० प १५४९ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा साझँ साढे ६ बजेतिर बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिए ।

साथै चौधरीलाई ठक्कर दिदाँ मोटरसाइकल अनियन्त्रित भइ पल्टदाँ मोटरसाइकल चालक अछाम बागंगढी गाउँपालिका ५ निवासी २९ बर्षीय भोला रावल र मोटरसाइकलमा सवार रुकुम सानो भेरी गाउँपालिका ५ निवासी २३ बर्षीय उमा केसी घाईते भएको र उनीहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै उनीहरुको अवस्था मध्यम रहेको छ । मोटरसाइकल नियन्त्रण लिएर वडा प्रहरी कार्यालय लमही दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार