• २०७७ मङ्सिर ९ गते मङ्गलवार

वितेको २४ घण्टामा १९ सय ५४ संक्रमित थपिए, २९ सय ८१ डिस्चार्ज, ११ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १२ गते बुधवार

काठमाडौं : नेपालमा कोरोना भाइरस  संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ सय ५४  जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार