• २०७७ मङ्सिर ९ गते मङ्गलवार

नवलपुरका बिकको खुट्टा छिनिने गरि आक्रमण गरेको समूहको खोजतलास तिब्र

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १२ गते बुधवार


सुशील बस्नेत,
तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरका ४५ वर्षीय कुमार बिक माथि धारिलो हतियारले आक्रमण गर्ने समूहको खोजीलाई प्रहरीले तिब्रता दिएको छ । सोही घटनालाई लिइ तुलसीपुर १० गोलौरी आसपासका कम्तीमा ३५ जना युवाहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिए । गोलौरीमा सोमवार राति अपरिचित समुहको धारिलो हतियारको आक्रमणबाट बिकको एउटा खुट्टा छिनालिएको छ ।

गोलौरी गाउँमा आफ्नो भान्जाको बिहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका बिकमाथि पढ्ढा र गोलौरीको बीचको खेतमा अज्ञात समूहले आक्रमण गरेको खुल्नमा आएको छ । एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुने गरि काटिएको अवस्थामा बिकलाई प्रहरीले मध्यरातमा उद्धार गरि अस्पताल पु¥याएको थियो ।

यसअघि सोही गाउँका चौधरी युवाहरूका बीचमा पनि आपसमा झडप भएको प्रहरीले जनाएको छ । घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो, भने त्यहाँबाट मंगलवार थप उपचारका लागि भारतको लखनउ पु¥याएको छ । अत्यधिक रक्तस्रावका कारण बिकको अवस्था गम्भीर छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार