कैलालीमा २ लाख बढि रकम सहित ५ जना जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १२ गते बुधवार


कैलाली : कैलालीमा २ लाख बढि रकम सहित जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका ६ का ६० बर्षीय भक्त बहादुर शाही , सोही ठाउँमा ३६ बर्षीय रंग साउँद,४२ बर्षीय राम बहादुर साउँद , ४५ बर्षीय डम्बर शाही र ५२ बर्षीय बिर बहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हिजो राति साढे ११ बजेतिर कैलालीको गौरीगंगा ६ स्थित कृष्ण बहादुर खड्काको कुखुराको खोर (फर्म) भित्र जुवा तास भइ रहेको भन्ने गोप्य सुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको सयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ लाख २३ हजार ५ नगद २ गड्डी तास सहित जुवा खेली रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिप्रका कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार