तुलसीपुरमा शुक्रवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ७ गते शुक्रवार


तुलसीपुर : तुलसीपुरमा शुक्रवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिक बाट लिएको स्वावमा परीक्षण गर्दा १२ जना नयाँ संक्रमित र फलोअपमा रहेका १० जनामा पुनः संक्रमण पुष्टि भएको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेहरुमा तुलसीपुर वडा नं. ५ की २८,४० बर्षीया महिला, ५५ बर्षीय पुरुष, वडा नं. ६ का ३०,३६,४२, ६५ बर्षीय पुरुषहरु रहेको उनले बताए ।

त्यस्तै वडा नंं. ८ का ३५ बर्षीय पुरुष र ३८ बर्षीया महिला, वडा नं. ९ का ३६, ३९ बर्षीय र वडा नं. १७ का २३ बर्षीय पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिए । उपमहानगरमा हाल सम्म जम्मा संक्रमित संख्या ३३६ जना पुरुष र १०२ जना महिला गरी ४३८ जना रहेका छन् । त्यस्तै हाल सम्म डिस्चार्ज हुनेको संख्या २२२ जना पुरुष र ६३ जना महिला गरी २८५ जना रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ११४ पुरुष र ३९ महिला गरी १५३ जना रहेका छन्, भने २ जना कोरोना संक्रमणबाट मृत्यु भएको फोकल पर्सन केकसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार