कोरोनाबाट प्रभाबित २४ जना बालबालिकालाई आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ७ गते शुक्रवार

दाङ :  कोरोना संक्रमित भएका र कोरोना संक्रमण नभएपनि त्यसको प्रभाबका कारण दैनिक जीवनयापनमा संकटमा परेका समूदायका बालबालिकाहरुका लागि नेपाल रेडक्रसले आर्थिक सहयोग गरेको छ ।  युनिसेफको साझदोरीमा रेडक्रसले तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका,गढवा गाँउपालिका र राजपुर गाँउपालिकाका बिपन्न समूदायका २४ जना बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको हो ।

कोरोना संक्रमण भइ आइसोलेसन, क्वारेन्टाइनमा बसेका वा कोरोना भाइरस संक्रमणले पारेको प्रभाबका कारण आर्थिक रुपमा संकटमा परेका समुदायका बालबालिकाहरुलाई आर्थिक सहयोग गरि उनीहरुको जीवनयापन र पठनपाठनमा सहयोग पुग्ने अपेक्षाले प्रति बालबालिका ५ हजार रुपैया नगद बितरण गरिएको रेडक्रसका जिल्ला सभापति नारायण आचार्यले जानकारी दिए ।

टोलबस्तीमा पहिचान गरि वडा कार्यालयको सिफारीसमा परेका ती बालबालिकालाई आर्थिक सहयोग प्राप्त भएपछि भने खुशी भएका छन् । गढवा गाँउपालिकाका धैरेनीकी कोमल नेपालीले कापी किताव र स्कुल पोशाक गरिद गर्ने बताइन् । आमा,बहिनी र भाईका साथमा रकम बुझ्ना आएकी कोमलले कोरोनाको त्रासका कारण घरमै दर्शै रमाइलो गरि मनाउने उनले बताइन् ।

उनकी बहिनी कुश नेपालीलाई भने पढाईको चिन्ता लागेको छ । शैक्षिक संस्था राम्रो सँग सञ्चालन नभएपनि घरमै बसी बिदाको समयमा पढाईमा ध्यान दिने बताइन् । यो पैसाले पहिले त कपि किताव नै किन्ने बताइन् । किताव कपि किनी सकेपछि बँचको पैसाले घर खर्चमा काम लागि हाल्छ नी उनले खुशीका साथ भनिन् । मानव नेपालीलाई पनि राशनमै खर्च गर्न मन लागेको बताए । ठुलो चाड दशैमा छौ,राशन र मिठो खानेकुराका लागि खर्च गनु पर्ला उनले बताए ।

त्यस्तै नातिनीका लागि ५ हजार रकम बुझेकी पानपति चौधरीले नाति नातिनको स्कुल पोशाक खरिद गर्ने बताइन् । जाँडो मौसम आई सक्यो , खानपिन जेनत्यन चलि हाल्छ,राम्रा स्कुल पोशाक खरिद गरिदिने उनको भनाइ छ । दैनिकी चलाउन समस्यामा परेका नागरिकहरुको पहिचान गरि प्रति बालबालिका ५ हजारका दरले नगद रुपैया आफ्नो वडाले पनि प्राप्त गरेकोमा राजपुर गाँउपालिका वडा नम्वर २ का सदस्य अर्जुन जिसीले खुशी ब्यक्त गरे। यो राम्रो काम हो,कोरोनाको कहर छ,आर्थिक सहयोगका लागि रेडक्रसले सहयोग गरेको छ,वडाको तर्फबाट धन्यबाद दिन्छु, उनले भने ।

सीमा पारिबाट आइ क्वारेन्टाइन र आइसोलेसनमा बस्नु परेका परिवार,बिपन्न समूदाय र दुई छाक टार्न नसक्ने परिवार मध्ये सिफारीसमा परेका गढवा गाँउपालिकाका नागरिकलाई युनिसेफको साझदारीमा रेडक्रसले उपलब्ध गराएको आर्थिक सहयोग बितरण गर्न पाउदा आफु खुशी भएको गढवा पालिकाका अध्यक्ष सहजराम यादवले बताए । उनले कोरोनाका कारण जनजिवन निकै प्रभाबित भएको छ । सरकारले स्पष्ट नीति लागु गर्न नसक्दा पालिकाहरु अन्यौलमा पर्नु परेको बताए ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले नेपाल सरकार कोरोना भाइरस संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नसक्ने अबस्थामा पुगेको होकी भन्ने अभाष सृजना भएको बताए । छिनछिनमा गर्ने सरकारका बिबादस्पद् निर्णयले त्यस किसीमको आभाष हुन थालेको बताए ।

गढवा गाँउपालिका वडा नम्वर ६ का अध्यक्ष बालचन्द्र गौतमले नागरिक स्वयम सर्तक हुनुपर्ने सुझाब दिए। चाडपर्व अर्को बर्ष पनि आउने नै छन्,त्यसकारण पर्वलाई धुमधामका साथ यसपटक नमनाउदाँ सुरक्षित हुन भन्दै सबैले ध्यान दिनु पर्ने बताए । त्यसैगरी इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक रामकुमार भट्टले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले मास्क बितरण,कोरोना सम्बन्धि सचेतना कार्यक्रम गरिएका बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार