• २०७७ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुरमा बलात्कारका घटना बिरुद्ध प्रदर्शन (फोटोहरु )

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ७ गते शुक्रवार

तुलसीपुर : तुलसीपुरमा बलात्कारका घटना विरुद्धको प्रदर्शन भएको छ  । शुक्रवार तुलसीपुरमा ४० जना भन्दा बढि युवतीहरुले कालो पहिरन सहित आखाँमा कालो पट्टि बाधेर उनीहरुले हामी चुप कहिले सम्म ? ‘यो हो बलात्कारी, यो दमनकारी राज्य, हो बलातकारी’ भन्दै प्रर्दशन गरेका थिए । तुलसीपुरको अरनिको मैदानबाट शुरु गरेर तुलसीपुरको विभिन्न चोक परिक्रममा गरी विरेन्द्र चोकमा प्रर्दशन गरेका थिए ।

दिनप्रति दिन बढ्दै गइरहेको बलात्कार जस्तो जघन्य अपराधका घटना न्युनिकरणमा सरकारले चासो नदिएको भन्दै सरकार बिरुद्ध उनीहरुले प्रर्दशन गरेका हुन् । बलात्कारका घटना न्युनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी भएको प्रदर्शनमा सहभागी दक्षिणा वलीले बताइन् ।

त्यसैगरी उनले बलात्कारीलाई मृत्युदण्ड दिएर मात्र यस्तो अपराध नरोकीने भन्दै बलात्कार हुनबाट रोक्नु पर्ने बताइन् । ‘ झुण्ड्याएर मृत्यु दण्ड दिए, एक जनाको मृत्यु हुने हो,’ उनले भनिन्,‘ तर यसको समाधान यो होइन् । बरु उनीहरुलाई आजिवन काराबास सजाएको ब्यवस्था हुनु पर्दछ । बलात्कार अन्त्य मृत्यु दण्ड दिएर हुन सक्दैन् ।’

त्यसैगरी अर्की विन्दु राईले दिन प्रति दिन बलात्कारका घटना बढ्दै जादा पनि सरकारले ठोस कदम चाल्न नसक्नु दुखद् भएको बताइन् । त्यसैगरी राज्य आफुसँग भएको महशुस गर्न सक्ने वातावरण बनाउन समेत आग्रह गरिन् । त्यस्तै अर्की स्वीकृती डाँगीले बलात्कारका घटना न्युनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताइन् । पछिल्लो समय देशका विभिन्न स्थानमा बलात्कार जस्ता जघन्य अपराध भइरहेको हुदाँ त्यसको अन्त्यको लागी आफुहरु सडकमा आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार