शुक्रवारदेखि ५ दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ६ गते बिहिवार

काठमाडौं  :   गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन नगरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन ।

‘बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने। अपरान्ह सवा ४ बजेपछि दैनिकरुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमित , निको भएका र मृत्यु भएकाहरुको विवरणसहित अन्य गतिविधिबारे जानकारी दिने गरिएको थियो । प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाको तथ्यांक जानकारी दिइने प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार