• २०७७ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुरमा विहीबार ४९ जना कोरोना संक्रमित निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुर :  तुलसीपुरमा विहीबार ४९ जना कोरोना संक्रमित निको भएका छन । होम आइसोलेसन र कोरोना विशेष अस्पताल बेलझुण्डीमा बसेका मध्य ४९ जना संक्रमण मुक्त भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनीहरु सबै १४ दिन आइसोलेसनमा बसेका थिए ।

संक्रमण मुक्त हुनेमा ४४ जना पुरुष र ५ जना महिला रहेको उनले बताए । योसंगै तुलसीपुरमा कुल संक्रमित मध्य हाल सम्म डिस्चार्ज संख्या २२२ जना पुरुष र ६३ महिला गरी २८५ जना कोरोना मुक्त भएको फोकल पर्सन केसीले जानकारी दिए ।

साथै सकृय संक्रमित संख्या हाल ९९ जना पुरुष र २८ महिला गरी १२७ जना रहेको छन्, भने हाल सम्म कोरोना संक्रमित संख्या ३२१ जना पुरुष र ९१ जना महिला गरी ४१२ जना कुल संक्रमित संख्या रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार