• २०७७ मङ्सिर ९ गते मङ्गलवार

आज वडादशैँको छैठौँ दिन : कात्यायनी माताको पूजा गरिँदै

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ६ गते बिहिवार

काठमाडौं : बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ।  आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ। ​ देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ।

शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ।​ घटस्थापनादेखि नवमीका दिनसम्म हरेक दिन दुर्गा भवानीका ९ रुपको पूजा गर्ने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार