• २०७७ कार्तिक ७ गते शुक्रवार

बंगलाचुलीमा दशैमा मठ–मन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १ गते शनिवार

दाङ : दाङको बंगलाचुली गाउँपालिकाले विजया दशमी २०७७ को अवसरमा यस क्षेत्रका मठ–मन्दिरमा हुने पूजापाठलाई पूर्णरुपमा रोक लगाउने भएको छ । कोभिड –१९ कोरोना भाईरसको बढ्दो संक्रमणको जोखिबाट बच्नका लागि गाउँपालिकाको ८ वटै वडामा रहेका मठमन्दिर तथा शक्तिपिठहरुमा पूजापाठजन्य कार्यलाई रोक लगाउन निर्देशन गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताए ।
नेपाल सरकार स्वाथ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पूजापाठ जन्य गतिविधि नगर्न तथा नगराउन सबै वडाध्यक्ष मार्फत सो कुराको जानकारी गराइएको उनले बताए ।

अध्यक्ष वलीले गाउँपालिकाको कुनै पनि धार्मीक स्थलहरुमा बोका,राँगा,परेवा चढाउनका लागि बाहिरबाट कोही पनि नआइ दिन अपिल गरेका छन् ।उनले कोरोना भाइरसले जताततै आक्रान्त पारेको हुँदा मन्दिरहरुमा पूजापाठ गर्न आउने भक्तजनहरुलाई कोरोना संक्रमणको उच्चजोखिम रहेको भन्दै सबै जना सजग र सचेत हुन सुझाव दिएका छन्। उनले भने,‘ अहिलेको अवस्था अन्यन्तै जोखिमयुक्त रहेको छ । योवेलामा गाउँपालिकाको कहि कतै पूजापाठ नगर्न र नगराउन सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार