• २०७७ कार्तिक १२ गते बुधवार

शिखर कोलनी टोल विकास संस्थाका नया कार्य समितीद्धारा सपथ ग्रहण

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १ गते शनिवार


तुलसीपुर :  तुलसीपुर ६ मा रहेको शिखर कोलनी टोल विकास संस्थाको शिव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिती चयन भएको छ । त्यसैगरी शनिवार एक कार्यक्रम गरी नयाँ कार्यसमितीलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराएको छ । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता एवं संस्था संस्थापक अध्यक्ष टेक बहादुर खत्रीको प्रमुख आतिथ्यतामा तथा समाजसेबी कृष्ण प्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्ने बक्ताहरुले टोल विकास संस्थालाई अझ राम्रो बनाएर लैजान नयाँ कार्य समितीलाई आग्रह गरेका थिए ।

उनीहरुले तुलसीपुर कै नमुना टोल संस्थाको रुपमा चिनाउनको लागी समेत काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष हरि बहादुर भण्डारी, निर्वतमान अध्यक्ष अर्जुन भण्डारी, समाजसेबी यम प्रसाद भुषाल, निर्वतमान कोषाध्ष शिव कुमार गौतम लगाएतकाले बोलेका थिए ।

नयाँ कार्य समितीमा अध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष पर्मिला तिवारी, सचिव खेम राज विक, कोषाध्यक्ष लिलामणी चौधरी, सहसचिव निर्मल भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष वली, डेन बहादुर केसी, विनोद गिरी, लक्ष्मी बुढाथोकी र धना अधिकारी रहेका छन् । संस्थाका कोषाध्यक्ष लिलामणी चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव खेमराज विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार