• २०७७ कार्तिक ७ गते शुक्रवार

दाङमा चाडपर्व लक्षित सुरक्षा योजना, १ हजार बढि सुरक्षाकर्मी परिचालन

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३० गते शुक्रवार

 

दाङ :  दाङमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवारदेखि सुरक्षा योजना लागु गरिएको पत्रकार सम्मेलन गरी जनाएको छ ।  बडादशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरी दाङमा विशेष सुरक्षा योजना लागु गरिएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए । जिल्लाका विभिन्न २ सय ८२ युनिटमा १ हजार ९ जना सुरक्षाकर्मी परिचालन गरिएको समेत उनले जानकारी दिए ।

प्रहरीले दाङमा पर्व विशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, एउटा रिजर्भ फोर्स, १० वटा मोवाइल गस्ती, ५० वटा क्यूआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिक सहितको चेकिङ, ८ वटा सरप्राइज चेकिङ, ८ वटा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै यात्रु सहायता कक्ष ७ वटा, राजमार्गमा हतियार सहित स्कटिङ तथा क्रस पेट्रोलिङ ५ वटा, भिआइपी सुरक्षा १० र कार्यालय सुरक्षा तथा रिजर्भ ६६ वटा गरी २ सय ८२ युनिट तयार गरिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वलाई तडक भडक नबनाउन आग्रह गर्दै कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना र धनजनको सुरक्षाका लागि शान्ति सुरक्षामा ध्यान दिन अपिल गरेको छ । १७ वुदे अपील जारी गर्दै जिल्ला प्रहरी कार्यालय दाङले कोरोना भाइरसको महामारी रहेकाले दुरी कायम गरी भिडभाडमा नजान र घरमै बसेर सामान्य हिसाबले चाडपर्व मनाउन आग्रह गर्दै चाडपर्वको समयमा चोरी हुन सक्ने भन्दै उचित रेखदेख गर्न तथा संकास्पद गतिविधि भए नजिकको प्रहरीमा खवर गर्न पनि अपिल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार