• २०७७ कार्तिक ७ गते शुक्रवार

सरकारद्वारा ९ जना सचिवहरुको सरुवा

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ३० गते शुक्रवार


काठमाडौं :  सरकारले ९ जना सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो । सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा लगिएको छ ।

त्यसैगरी जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ । काठमाडौं महानगरपालिकाका सचिव अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको हो ।

प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार