तुलसीपुर १८ निवासी ७० बर्षीय कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १५ गते शनिवार

बाँके : बाँकेमा तुलसीपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षीय संक्रमित पुरुषको पनि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १३ गते शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

उनको कोरोना आशंकामा १४ कात्तिकमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र १५ कात्तिकमा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।  त्यसैगरी आज बिहान घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
योसँगै कोरोना संक्रमण भई बाँकेमा उपचार गर्न आएकामध्ये मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार