नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २६४ जना संक्रमित डिस्चार्ज, १७ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १५ गते शनिवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २ सय ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४ सय १० रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १४ लाख ४३ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण भएको छ  त्यसैगरी पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार