नेपाल पछिल्लो २४ घण्टा थप २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १५ गते शनिवार

काठमाडौं :  नेपाल पछिल्लो २४ घण्टा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न भागमा २ हजार ५ सय ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

प्रदेश अनुसार सबै भन्दा धेरै वागमती प्रदेशमा १ हजार ६ सय ३९ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५ जना संक्रमित थपिएका छन् । त्यसबाहेक २४ घण्टामा प्रदेश १ मा ३ सय १९ जना, प्रदेश २ मा १ सय १२ जना, गण्डकी प्रदेशमा १ सय ८१ जना, लुम्बिनी प्रदेशमा २ सय ७ जना र सुदूरपश्चिम प्रदेशमा ३५ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार