• २०७७ कार्तिक १२ गते बुधवार

चलचित्र छायांकनस्थल अध्ययन समिति सदस्यमा दाङका पीडित नियुक्त

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २९ गते बिहिवार

दाङ : चलचित्र विकास बोर्डको चलचित्र छायांकन स्थल निर्माणको सम्भाब्यता अध्ययन समितिको सदस्यमा दाङका केएल पीडितलाई नियुक्त गरेको छ । भदौ २२ गते बसेको बोर्डको बैठकले नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा चलचित्रकर्मी पीडितलाई नियुक्त गरेको हो । बोर्डको महेन्द्र प्रसाद साँखी सदस्य सचिब रहेका छन् । जसको सदस्यहरुमा प्रदिप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ छन् । समितिले लुम्बिनी प्रदेशमा सम्भाब्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार