• २०७७ कार्तिक ७ गते शुक्रवार

राप्ती गाउँपालिकामा कात्तिक १ गते देखी १५ गते सम्म सम्पुर्ण विद्यालय बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २९ गते बिहिवार

दाङ :   राप्ती गाउँपालिकाले आगामी कात्तिक १५ गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने भएको छ ।कोरोनाको जोखिम बढ्नुको साथै नजिकिदै गरेको चाडपर्वलाई मध्येनजर गदै कात्तिक १ गते देखी १५ गते सम्म सम्पुर्ण बिद्यालयहरुमा विदा दिने शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।

बैकल्पिक शिक्षा अन्र्तगत गाउँपालिकाले गएको असोज ११ गते देखी बिद्यार्थी सिकाई सहजीकरण मार्फत पठनपाठन सन्चालन गरीरहेको छ । तर गाउँपालिकाको वडा स्तरमै कोरोना संक्रमण फैलिएको अवस्था र नजिकिदै गरेको चाडपर्वको सन्दर्भ भएकाले कोजाग्रत पुर्णिमा सम्म सम्पुर्ण बिद्यालयमा विदा दिने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार