तुलसीपुरमा शुक्रवार थप १४ जना नयाँ कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १४ गते शुक्रवार

तुलसीपुर :  तुलसीपुरमा शुक्रवार थप १४ जना नया कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट यहि कार्तिक १२ गते लिएको स्वावमा परीक्षण गर्दा १४ जना नयाँ संक्रमित र ३ जना फलोअपमा पुनः संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेमा तुलसीपुर २ का १ जना ४१ बर्षीय पुरुष, वडा नं. ५ का २०,२५, २९ बर्षीय महिला र २५ बर्षीय पुरुष, वडा नं. ६ का ३३,३४,४३ बर्षीय पुरुष, ५८ बर्षीय रहेका छन् । त्यस्तै वडा नं. ८ का ४२ बर्षीय पुरुष, वडा नं. १० का ५८ बर्षीय पुरुष, वडा नं. ११ का २२ बर्षीय पुरुष, वडा नं.१८ का २६ बर्षीय पुरुष र वडा नं. १९ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

त्यस्तै फलोअपमा पुनः पोजेटिभ देखिएका वडा नं. ५ का २५ र २८ बर्षीय पुरुष, वडा नं. ६ का ३७ वर्षीय पुरुष रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ४९० जना पुगेको छ, भने सकृय संक्रमित संख्या १४८ जना र हाल सम्म डिस्चार्ज हुनेको संख्या ३७२ रहेको केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार