राप्ती गाउँपालिका ४  दिन सिल

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १२ गते बुधवार

दाङ : दाङको राप्ती गाउँपालिका ४  दिन सिल गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका ४ दिनका लागि सिल गरिएको हो ।

ती कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र त्यसले अन्य सेवाग्राहीमा समेत संक्रमनको जोखिम बढाउन सक्ने हुँदा पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।  गाउँपालिकाको कार्यालय र १ र ३ नम्वर वडा समेत सिल गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले बुधवार एक विज्ञप्ति प्रकासित गर्दे पालिका स्तरिय संकट व्यवस्थापन समितिको निर्णय अनुसार कात्तिक १६ गतेसम्म गाउँपालिकाको कार्यालय, वडा नं. १ र ३ का वडा कार्यालय सिल गरिएको जानकारी दिएका दिएका छन् ।  ती संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार