नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ४१ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १० गते सोमवार

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ४ हजार ५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या १ लाख १५ हजार ६७५ छ।

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८६२ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र पाँच हजार ६ जनाको मात्र पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार