कपिलबस्तुमा लागु औषध सहित एक ब्यक्ति पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ९ गते आइतवार


दाङ :  कपिलबस्तुमा प्रहरीले लागु औषध सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तु बुद्धभुमी नगरपालिका ९ पुलचोक ईमिलिया निवासी २२ बर्षीया खिमलाल रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ । आइतवार दिउँसो साढे २ बजेतिर कपिलबस्तु कृष्णनगर नगरपालिका २ लिङकगेटमा अस्थायी प्रहरी पोष्ट लिङकगेटबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद अबस्थामा पैदल हिडि भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा रेग्मीको साथबाट इन्ट्राभेट –१० लेखेको लागुऔषध ६ पत्तामा प्रति पत्ता १५ ट्याब्लेटका दरले जम्मा ९० ट्याब्लेट फेला परेपछि उनलाई ििनयन्त्रणमा लिइ आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका कपिलबस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार