प्रेम केसी
दाङ : दाङको बबई गाउँपालिलका ५ मा रहेको पुरन्धारणा झरणामा बनाएको काठको बार र शिवको मुर्ति तोडफोड भएको छ । दाङ कै चर्चित पर्यटकीय स्थल झरनामा झरना देखि तलतिर बगेको बबई नदि को किनारा माथी बनाइएको काठ बाट निर्मित सुन्दर आकषर्ण बार भान्चुको साथै चोर लगेको स्थानिय भुवन वलीले बताए ।
त्यसैगरी झरना नजिकैसंगै रहेको शिवको मुर्तिको हात समेत तोडफोड गरिएको उनले जानकारी दिए । यस्तो नराम्रो हर्कत गर्ने जो कोही भएता पनि तत्काल पत्ता लगाई कडा कारबाही गरिने पर्ने समेत उनले बताए । ‘पर्यटकीय क्षेत्र को संरक्षण गर्नु हामी सबैको दायित्व हो । तर यहाँ तोडफोट गर्नुको साथै काठ लगिएको छ । यो मानविय नभई दानविय ब्यक्तिबाट भएको हो । यस्तो कार्य गर्नलाई स्थानिय सरकार प्रहरी प्रशासनले पत्ता लगाई कडा कारबाही गर्नु पर्छ,’ उनले भने ।