नेपालमा थप २८ सय ५६ जनामा कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ९ गते आइतवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यस्तै आइतवार  ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३हजार ६४ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार