फूलपाती भित्र्याइयो तर बिधिका लागि मात्र

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ७ गते शुक्रवार


दाङ :  हिन्दुहरुको महान चाड बडादशैमा शक्तिपीठहरुमा ठुलो घुईचो लाग्ने गरेता पनि यसपालिको दशँै सुनासान भइरहेको छ । घटस्थापनादेखि चहल पहल हुने शक्तिपीठहरु बडा दशमीको दिन सम्म भीडभाड हुने गर्दथ्यो । तर कोरोना कहरका कारण मन्दीरहरु समेत नराम्रोसँग प्रभाबित भएका छन् । कोरोना कहरका बिचमा दशैंको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा शुक्रवार दाङ लगायत देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती भित्र्याएको छ । तर नोबेल कोरोना भाइरसको महामारीका कारण विशेष सावधानी पु¥याएर विधि पु¥याइ फूलपाती भित्र्याएको हो ।

धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिक रूपमा मात्र आयोजना गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
अघिल्ला वर्ष भव्य समारोह आयोजना गरी फूलपाती बढाइ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।  कोभिड १९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रूपमा मात्र यस वर्षको फूलपाती बढाइ आयोजना गरिएको त्रिसिदेश्वरी मन्दीर तुलसीपुरबाट फूलपाती भित्राउन नेपाल प्रहरीको सानो टुकँडीका साथ आएका प्रहरी निरीक्षक नवजीत मल्लले बताए ।

आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास रहेको त्रिसिदेश्वरी मन्दीरका मुल पुजारी बुद्धिराम भट्टराईले बताए ।

घटस्थापनाका दिनदेखि बैद्धिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको उनले बताए । अर्का पुजारी ईश्वरी भट्टराईले गत बर्षमा ठुलो भिड लाग्ने मन्दीरमा यसबर्ष कोरोना संक्रमणका डरले सुन्यप्राय भक्तजनहरु पुजापाठका लागि आएका बताए ।  तर पनि दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ । दाङका अधिकासं धार्मिक स्थलहरु सञ्चालनमा छैनन् । नियमीत पुजापाठ बाहेक एक दुई जना मात्र दर्शनार्थीहरु आउने गरेका मन्दीर ब्यबस्थापन समितिले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार