तुलसीपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ५ गते बुधवार

तुलसीपुर :  तुलसीपुरमा बुधवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिएको स्वाव पीसीआर परीक्षण गर्दा १५ जना नयाँ संक्रमित र ३ जनामा फलोअपमा रहेका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेमा वडा नं. ३ की २६ बर्षीया महिला, वडा नं. ५ का २५,३४,४० बर्षीय पुरुष, २५ बर्षीया महिला, वडा नं. ६ का २२,२६,३०,३७,३७ बर्षीय पुरुष, २४ बर्षीय महिला रहेका छन् । त्यस्तै वडा नं.७ का ४३ बर्षीय पुरुष, वडा नं. ११ का २५,५५ बर्षीय पुरुष, वडा नं. १८ की २८ बर्षीय महिला रहेको फोकल पर्सन केसीले जानकारी दिए । साथै संक्रमित हुनेमा गरिमा बैंकका कर्मचारी , पत्रकार तथा अन्य व्यक्तिहरु रहेको समेत उनले बताए ।

त्यस्तै फलोअपमा रहेका १४ दिन पछि जाच गराएका ३ जनामा वडा नं. २ ,६ ,१२ का क्रमस २७,३० र २२ बर्षीय पुरुषमा पनि पुनः पोजेटिभ देखिएको छ । योसंगै तुलसीपुरमा कुल संक्रमित संख्या ४१२ जना र सक्रिय संक्रमित संख्या १७६ जना छन् । साथै हाल सम्म कोरोना मुक्त भइ घर फर्किएकाको संख्या २५६ जना रहेको छ । सक्रिय संक्रमितहरु काठमाडौं ,भेरी अस्पताल र कोरोना विशेष अस्पतालमा गरि ६ जना आइसियुमा रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार