लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएकालाई निःशुल्क उपचार गर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङ :  लुम्बिनी प्रदेश सरकारले कोरोना लक्षण देखिएका संक्रमितहरुको निःशुल्न उपचार गर्ने जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रदेशका ४ वटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका संक्रमितहरुका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल, रुपन्देहीको बुटवलस्थित धागो कारखानामा कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको छ । त्यस्तै भैरहवाको भीम अस्पताल, बाँकेको भेरी अस्पताल पनि सञ्चालनमा रहेको छ । तर सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैं उपचार गर्नु पर्ने नयाँ नीति लिएको छ । कोरोना संक्रमण नेपालमा सुरु भएपछि सरकारले यसको परीक्षण र उपचारमा व्यवस्थापन गरिरहेकै छ । हाल सम्म १२ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार