तुलसीपुरमा जिल्ला स्तरिय पुरुष डबल खसी कप ब्याडमिन्टन प्रतियोगिता शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुर :  तुलसीपुरमा सोमवारदेखी जिल्ला स्तरिय पुरुष डबल खसी कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । भ्वाइस अफ युथको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघको संह आयोजनामा भएको प्रतियोगितामा लमही, गढवा, घोराही, विजौरी र तुलसीपुरबाट गरी २० टिमको सहभागिता रहेको युथका अध्यक्ष झलक बस्नेतले जानकारी दिए ।

साथै प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष विरन्द्र कुमार शाहले उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथी निर्माण ब्यवसायी संघका अध्यक्ष मोहन पुरी, जिल्ला ब्याडमिन्टन संघका सचिव लालु केसी लगाएतकाले मन्तब्य राखेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले खसी, कप, प्रमाण पत्र र दोस्रो हुने टिमले २ वटा लोकल भाले, कप, प्रमाण पत्र पाउँने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिता तुलसीपुर ६ मा रहेको कर्वड हलमा संचालन भइरहेको र आज समापन हुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार