दाङ : तुलसीपुरमा सोमवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिक बाट लिएको स्वाव परीक्षण गर्दा विद्यालयका शिक्षक ,बंैकका कर्मचारी र कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेहरुमा वडा नं. २ का ३१ बर्षीय पुरुष, वडा नं. ५ का ३० बर्षीय पुरुष, वडा नं. ६ का २७, ५० बर्षीय पुरुष र ३५ बर्षीया महिला रहेका छन् ।
त्यस्तै वडा नं. ७ का २४ , ५८ बर्षीय पुरुष, वडा नं. १७ का ४७ बर्षीय पुरुष र वडा नं. १८ का ४३ बर्षीय महिला र १८ बर्षीय पुरुषमा कोरोना पु ष्टि भएको उनले बताए । योसंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३८८ पुगेको छ, भने सक्रिय संक्रमित संख्या १५२ जना र आज नगर प्रमुख सहित २ जना गरि २३६ जना कोरोना मुक्त भै डिस्चार्ज भएको फोकल पर्सन केसीले जानकारी दिए । त्यसैगरी घोराही उपमहानगरमा आज थप १८ जना संक्रमित थपिएका छन् । हाल सम्म ३ हजार ८१६ जनाको स्वाब पीसीआर परीक्षण गर्दा ६८० जनामा कोरोना पुष्टि भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै अहिले उपमहानगरमा संक्रिय संक्रिमतको संख्या २३८ र निको भइ डिस्चार्ज हुनेको संख्या ४३८ पुगेको शाखाले जनाएको छ । हाल सम्म ४ जना संक्रमितहरुको मृत्यु भएको छ ।