सिमान्तिकृत समुदायमा लायन्सको सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३ गते सोमवार


शरद रेग्मी
तुलसीपुर :  लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ ।  आवश्यकता हेरेर नगद सहित न्यानो कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय वालवालिकाहरुलाई स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताए ।

रिपोटर्श क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ ।
ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका १९ की शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाई १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । वाथ रोगका कारण एउटा खुट्टा गुमाउन बाध्य गितालाइ दैनिकि गुजारामा केहि सहयोग पुगोस भनेर नगद सहयोग गरिएको अध्यक्ष हमालले बताए । बाथ रोगले पिडित गिताको काठमाण्डौका विभिन्न अस्पतालमा उपचारगर्दा कम्तिमा १५ लाख रुपैया खर्च भएपनि उनका अभिभावकले गिताको खुट्टा जोगाउन भने सकेका थिएनन् ।

संक्रमण बढ्दै गएपछि चिकित्सकले अन्ततः एउटा खुट्टा काट्नुपरेको थियो । हाल उनी बैसाखीको सहारामा दैनिकि गुजार्दै छिन् । गिता तुलसीपुर उद्योग वाणिज्यसंघकि सदस्य पनि हुन् । कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्षित गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाई पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामागी्र सहयोग गरिएको उनले बताए । सो अवसरमा अनाथालयका सन्चालक विष्णु चौधरीले सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

सो असहाय वाल विकास केन्द्रमा हाल १७ जना अभिभावक विहिन वालवालिकाहरु आश्रित छन् । उनीहरुलाइ तुलसीपुरको पव्लिक ज्ञानज्योतीले निशुल्क रुपमा पठनपाठन गराउंदै आएको छ । त्यसैगरी सामाजिक उत्तरदायित्वसंगै नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाई मध्यनजर गर्दै ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—४ रक्षाचौरमा अस्थाइ बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाई पनि नगद ५ हजार सहित दाल चामल, आटा नुन, तेल लगाएतका सामाग्री उपलव्ध गराएको थियो ।

रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि यसरीनै जिवन गुजारा गर्दै आएका छन् । दृष्टिविहीन अपांगलाई जन्मदिएको भन्दै रुपाका श्रीमानले रुकुमबाट खेदेपछि रुपा दृष्टि विहीन लालावालालाइ बोकेर तुलसीपुर आइपुगेकि थिइन् । सो परीवार अहिले रक्षाचौरमा भाडामा बस्दै आएको छ । त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाई पनि आर्थिक सहयोग गरेको छ ।

सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मी लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष राजेन्द्र महतारा, सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार