सल्यानमा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३ गते सोमवार

सल्यान :  सल्यानमा बोल्न नसक्ने २७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । शारदा नगरपालिकाकी बोल्न नसक्ने २७ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही नगरपालिका १ शान्तिनगर का ३२ बर्षीय शरद रेउलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
रेउलेले गए राति ९ बजेको समयमा पीडितकै कोठामा बलात्कार गर्दै गर्दा महिला चिच्याई कराइ गरेपछि छिमेकीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए। प्रहरीले रेउलेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार