तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे सहित दुई जना कोरोना मुक्त भएका छन् । गएको असोज २० गते नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिवलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि नगर प्रमुख होम आइसोलेसन र स्वकिय सचिव धर्मराज वली कोरोना विशेष अस्पताल बेलझुण्डीमा १४ दिन बसेका थिए । उनीहरुको दुई हप्ता पछि किटबाट कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि नगरप्रमुख र स्वकिय सचिव सोमवार देखी सामान्य अवस्थामा फर्किएका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस