दाङमा नक्कली रुपैया सहित ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ३ गते सोमवार

दाङ :  नक्कली नोट सहित तीन जनालाई दाङको अमिलीयामा प्रहरीले पक्राउ गरेको छ ।  लमही नगरपालिका ९ अमिलियाबाट एक जना महिला र दुई जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुर देखि दाङको अमिलिया तर्फ आइरहेको थिए । उनिहरुको साथमा नक्कली नोट रहेको सुचनाको आधारमा जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ । अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगर जानकारी दिए । बाहिरी भागमा डलर र भित्र कागज जस्तो देखिने गरि नक्कली नोट राखिएको र कति रकम छ भन्ने बारेमा यकिन गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार